काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संघीय संसदको सचिवका लागि दुई जनाकाे नाम सिफारिस गरेका छन् । कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेर उनीहरुले डा. सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सचिवका लागि बुझाएका हुन् ।
प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रियसभाको सचिवमा अर्यालको नाम सिफारिस भएको बताइएको छ । संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ ।
सचिव पदमा सिफारिस भएका अर्याल संसद सचिवालयकै सहसचिव हुन् । पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् । यसअघि संघीय सचिवालयका सचिवहरु गोपालनाथ योगी र राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएको थियो ।
प्रतिक्रिया