Logo

प्रमुख समाचार

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने व्यक्ति पक्राउ



काठमाडौं । अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ५७ वर्षीय पवन सत्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–२, स्थित पवनले संचालन गरेको गार्डेन अपीएरी उद्योग प्रालिमा अखाद्य मिसावट गरी मह उत्पादन गरेर बजारमा बेचबिखन गरिरहेको पाएपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।

मह जाँच गर्दा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि भेट्टीएपछि सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  १ : ५३ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।