एजेन्सी । मङ्गोलियामा यस वर्षको शुरुदेखि छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको । राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक २० वटा घर र एउटा गाडी जलेको छ ।
त्यस्तै ३,२७३ पशुपन्छी जङ्गलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ । आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ, । नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ।
यस्तै मङ्गलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स (प्रशासनिक उपविभागहरू) मा दुईवटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन् ।
प्रतिक्रिया