Logo

प्रमुख समाचार

वर्षाले हवाई उडान प्रभावित : जहाजहरु आकाशमै होल्ड भए



काठमाडौं । निरन्तरको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

विगत ४ दिन यतादेखि परिरहेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गराए ।

सिटौलाका अनुसार कमजोर ‘भिजिबिलिटी’ कै कारण अन्तर्राष्ट्रियतर्फका कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय आकाशमा होल्ड भए ।

त्यस्तै मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्लाहरु लुक्ला, सिमिकोट लगायत विमानस्थलको उडान बन्द गरिएका छन् । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडानहरु डिले भइरहेका छन् ।

हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  २ : ४७ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।