काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभामा नयाँ दुई सचिव नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रतिनिधिसभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रियसभाका सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सचिवमा पाण्डे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सचिवमा अर्याललाई सिफारिस गरेका थिए ।
यसअघि प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुँयालको पाँच वर्षे कार्यकाल सकिएको थियो।
प्रतिक्रिया