Logo

समाचार

डिभीको नतिजा आज राति आउँदै



काठमाडौं। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को रिजल्ट आज (शनिबार) राति ९ः४५ मा सार्वजनिक हुँदैछ । यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ ।

सोही मिति अनुसार आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।

कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डिभी परेको भनेर ठगी गर्ने जस्ता गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न पनि नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।

नतिजा https://dvprogram.state.gov/ मा गएर आफ्नो नतिजा हेर्न सकिने छ ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ११ : ५८ बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।