Logo

समाचार

लापसे चेकिङ : दुई माइक्रोसहित ६ सवारी साधन ट्राफिक कारबाहीमा



काठमाडाैं । काठमाडौंको नागढुङगामा गरिएको चेकिङका क्रममा लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ६ चालक ट्राफिक कारबाहीमा परेका छन् । माइक्रो चलाउने दुई जना सहित ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हाे ।

बा ७८ प ९२६ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीय सशांक मुडवरी, बागमती प्रदेश ०२ ०३४ प ३८ ४५ नम्बरको मोटरसाइकल चालक बाराका २५ वर्षीय निकेश श्रेष्ठ, बा ३ ख ४२ नम्बरको माइक्रो चालक धादिङको सिद्धलेख गाउँपालिका ७ का ३१ वर्षीय भगवान गिरी, ग २ ख १२ ८७ नम्बरको माइक्रो चालक स्याङजाका ३१ वर्षीय सन्तोष बि‍क, बा ११ च २२ ०० नम्बरको कार चालक रामेछापको खाडादेबी गाउँपालिका बस्ने २१ वर्षीय अन्न बहादुर चौहान र ग १ क ५२ ५१ नम्बरको कन्टेनर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ का ३२ वर्षीय रामचन्द्र प्रजालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले आज २० ओटा सवारी साधन चेक गर्दालागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ६ जना
चालक फेला पारेको थियो ।

लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालक लगायत यात्रुको जिवन समेत जोखिममा पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ६ : ५४ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।