काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएकाे छ । बैठकमा अर्थमन्त्री उपस्थित नभएपछि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा अर्थमन्त्री आफैं उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक नै स्थगित भएको हो ।
प्रतिक्रिया