काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति खुकुलो बनाउनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकतमाथि राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘मैले यसअघि पनि भनेको छु र मलाई विश्वास छ, राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँछ’, अर्थमन्त्री महतले भने, ‘जसबाट ब्याजदर घट्छ र त्यसपछि कुनै पनि ब्यापार बिजनेश र कुनै पनि प्रोजक्टमा लागत कम हुन्छ । जसबाट व्यवसाय ‘भायवल’ हुन्छ ।’
राजस्व घटेकाले आगामी वर्षका लागि स्रोत कसरी जुटाउने समस्या भने रहेको र्थमन्त्री महतले बताए । ‘अहिले पुँजीगत खर्च कम छ । यसले आर्थिक वृद्धि लक्ष्यअनुसार भएन । प्रभावकारीता बढाइएन, अन्तिम दिनमा गएर खर्च बढाउने प्रवृत्ति छ । यसको अन्त्य गर्नुपर्छ’, उनले भने, ‘हामीसँग तीन वटा स्रोत छन् । राजस्व, नेपालकै बैंकहरुबाट लिइने आन्तरिक ऋण र विदेशी अनुदान तथा ऋण । यसको प्रभावकारी परिचालनबाट अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । यसलाई समयमा खर्च गर्न पनि सक्नुपर्छ । जसबाट उत्पादन र रोजगारी र आम्दानी बढ्छ ।’
अहिले ब्यादर धेरे हरेकोले कम ब्यादरमा ऋण लिनेहरुले तिर्न सक्ने अवस्था नरहेको र नयाँले लगानी डुब्ने डरले लिन नचाहेकोले अर्थतन्त्र चलायनमा नभएको बताए । ‘ब्याजदर बढ्दा लागत बढ्यो । लो ब्जादरमा ऋण लिनेको पनि हिसाबकिताब गड्बडायो, तिर्न सक्या छैनन्, अब लिन खोज्नेले पनि पोसाउँदैन, किन लिनु भनिरहेका छन् । यसो गर्दा लगानी गर्न कसैले खोजेनन् । अहिले भएको त्यही हो’, उनले भने, ‘यसले अर्थतन्त्रमा पुँजी परिचालन हुन सकेन । सरकारको तर्फबाट पुँजी नै कम र्खच भाछ । अर्कोतर्फ मौद्रिक नीति र बैंकिङ सेक्टरबाट पनि पुँजी परिचालन हुन सकेन ।’
अब सरकारले समग्र अर्थतन्त्र चलायमान बनाएपछि निराशाको अवस्थाको अन्त्य भई यसबाट सबैले सकारात्मक सोचका सबै ब्यापार व्यवसाय सुरु गर्ने अर्थमन्त्री महतको विश्वास छ । जसबाट रोजगारी सिजर्ना भई केही पनि हुँदैन भन्ने समस्याको सम्बोधन हुने उनले बताए ।





















प्रतिक्रिया