Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानलाई इस्लामावाद उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको हो ।

पाकिस्तानको स्थानीय समाचार एजेन्सीका अनुसार पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको हो । इमरानका सहयोगी फवाद चौधरीले गिरफ्तारीको पुष्टि नगरी भने, ‘इमरान खानको कार घेरिएको छ।’

यता, खान पक्राउ हुनुअघि उनको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा खानले भनेका छन्, ‘मेरो विरुद्ध कुनै मुद्दा छैन । मलाई जेलमा हाल्न चाहन्छन् । म यसका लागि तयार छु।’

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  ४ : ०१ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।