Logo

समाचार

पेस्तोल र गोलीसहित पक्राउ



बाँके । नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ११ : ०० बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।