Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानी सर्वोच्च अदालतको आदेश : इमरान खानलाई रिहा गर्नू



एजेन्सी । भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । अदालतले गैरकानुनी रुपमा पक्राउ गरेको र खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान भनेको छ ।

भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरेको थियो ।

पाकिस्तानका प्रमुख न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरिरहेका छन् । अदालतले रिहा गर्न आदेश दिए लगत्तै इमरानले आफ्ना समर्थकलाई प्रदर्शन र तोडफोडमा नउत्रिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार  ८ : १७ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।