Logo

प्रमुख समाचार

काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।

पटक-पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए ।

उनले भने, ‘पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजारको दरले जरिबाना गरेका छौँ। हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ ।’

प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार  ३ : ५७ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।