Logo

प्रमुख समाचार

सडक निर्माण गुणस्तरहीन भएकाे भन्दै विराेध गर्न हाइटेनसन लाइनको पोलमा चढेका युवक ओर्लिए



विराटनगर । सडक निर्माणको काममा लापरबाही गरिएको भन्दै विद्युत्को हाइटेनसन लाइनमा चढेर विरोध गरेका युवक ११ घण्टापछि तल ओर्लिएका छन् । बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक साँझ ५ बजे तल झरेका छन्।

मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएकोले त्यसलाई रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए ।

गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन् । मझीले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए । थापा धनकुटामा थिए । उक्त खबर पाएर फर्किएपछि फकाएर माझीलाई तल झारिएको हो ।

बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल निर्माणको गुणस्तरहीन काम रोक्नुपर्ने माझीको माग छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार  ५ : ५३ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।