काठमाडौं । गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ ।
खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् । गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् ।
काक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ । आयुर्वेदमा रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा पिशावलाई सफा बनाउन यसको प्रयोग गरिन्छ । काक्रोको प्रयोगले पेट र गिजाको दुखाइ कम हुन्छ ।
काक्रोका फाइदाहरु :
काक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।
काक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
काक्रोको सेवनले क्यान्सरविरुद्ध लड्छ ।
काक्रोको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ ।
सिलिकन तथा सल्फरयुक्त काक्रोले कपाल र नङलाई भरपूर मात्रामा पोषकतत्व प्रदान गर्छ ।
काक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक मानिन्छ ।
काक्रोको सेवनले मुखमा रहेका ब्याक्टेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ ।
काँक्रोमा पाइने एन्टि-इन्फ्लामेन्टरी तत्वले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ ।
प्रतिक्रिया