Logo

प्रमुख समाचार

आफ्नै कीर्तिमान ताेड्दै कामीरिता शेर्पा २७औं पटक सगरमाथा चुचुरोमा



काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा आफ्नै रेकर्ड ताेड्दै २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार कामीरिताले बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेको हुन् ।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए ।

उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:१४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।