काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरु अवतरण हुन नसक्दा आकाशमै होल्ड भएका छन् । काठमाडौं उपपत्यकामा अपरान्हदेखि परेको ठूलो वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा अवतरण गर्न नसकी जहाजहरु आकाशमै होल्ड भएका हुन् ।
दोहाबाट काठमाडौं आइपुगेको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । मौसम खराबीका कारण कतिपय आन्तरिक हवाइ उडान हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय उडानहरु पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया