Logo

प्रमुख समाचार

आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु सुचारु



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु  छन् । प्रतिकुल मौसमका कारण भिजिबिलिटी नहुँदा उडान र अवतरण गर्न नसकेका आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएका हुन् । पानी केही मत्थर भएपछि आकाशमा होल्ड भएका जहाजहरु अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

बुधवार काठमाडौं उपपत्यकामा अपरान्हदेखि परेको ठूलो वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा दोहाबाट काठमाडौं आइपुगेको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर आकाशमा ‘होल्ड’ भएका थिए ।

 

प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार  ८ : ०४ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।