Logo

समाचार

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु



किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए ।

आज बिहान को २ त३२१६ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।

ट्र्याक्टर चालक मकालु गाउँपालिका–१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ३ : ३८ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।