Logo

समाचार

लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा



काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पुर्‍याएको छ ।

गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र यस प्रक्रियामा देखिएका चुनौती’ विषयक कार्यक्रममा यस क्षेत्रका समस्या समाधानका लागि नयाँ नीति तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।

कार्यक्रममा मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव विश्वमित्र कुइँकेलले २०६३ को नीति पुरानो भएकाले नयाँ तर्जुमा गरिएको जानकारी दिए । उनले केही महिनामा नयाँ नीति सार्वजनिक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रणका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले ‘समुदाय प्रहरी साझेदारी’का माध्यमबाट लागुऔषध नियन्त्रणका विषयमा देशभर जनचेतना जगाउन सफल भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ५ : १९ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।