Logo

समाचार

अवैध लागूऔषधसहित एक जना पक्राउ



झापा । भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका-२ बस्ने ३३ वर्षीय प्रकाश राजबंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ५ : २७ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।