Logo

उपत्यकामा मात्रै ३१ सय ७ जना कोरोना संक्रमितको पुष्टि ल्याएको तरंग



काठमाण्डौं उपत्यकामा आज एकै दिन ३१ सय ७ जनामा कोरोना संक्रमण भएको छ । जुन हाल सम्मकै धेरै कोरोना संक्रमितको संख्या हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा आज २३९१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा २९९६ जना संक्रमणमुक्त भएका छन् भने देशभर कोरोनाका बिरामीहरु कुल ९९ सय हजार ६ सय ५ जना निको भएका छन् ।

 

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार