Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होम बहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  १२ : ४२ बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।