Logo

भारतीय गुप्तचर ‘रअ’ का प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेकाे पुष्टि !



बुधबार अचानक काठमाडाैँ आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकाे पुष्टि भएकाे छ ।  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख गाेयल र प्रधानमन्त्री ओलीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएको छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ,’ थापाले एक वक्तव्य जारी गर्दै भनेका छन् , ‘ उनलाई भेट्नको  लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आएका थियो ।’

साे भेटका क्रममा रअ प्रमुख गाेयलले नेपाल-भारतबीच मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाकाे भनाइ छ । केही महत्वपूर्ण भेट गरेर गाेयलकाे टाेली बिहीबार नै भारत फर्किसकेकाे छ ।

gupte.jpg

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार