Logo

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु



पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।  कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो । 

दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो ।  पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पिडिएम) को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो । पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ । कराँचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए ।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाउनु भएको छ । 

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  ३ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।