Logo

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु



दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

 चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो । 

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  ८ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।