इण्डियन प्रिमियर लिग (आइपिएल) मा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ । खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको मुम्बईले १९.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले अविजित ७९ रन बनाएका थिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरेर ७९ रन बनाए । त्यस्तौ इशान किशनले २५, क्वेंटन डिककले १८, हार्दिक पाण्डेयले १७, क्रुनाल पाण्डेयले १० रनको योगदान दिए । त्यस्तै सौरभ तिवारीले ५ र कप्तान केरन पोलार्डले अविजित ४ रन बनाए ।
बैंगलोरका बलर मोहमद सिराज र युजवेन्द्र चहलले २(२ विकेट लिए भने क्रिस मोरिसले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए ।
त्यस्तै जोश फिलिपले ३३ रन बनाए भने एबी डिभिलीयर्सले १५, कप्तान विराट कोहलीले ८ रन बनाए । त्यस्तै शिभम दुबेले २, क्रिस मोरसीले ४ रन, गुरक्रीरात सिंहले अविजित १४ र वाशिंटन सुन्दरले अविजित १० रन बनाए ।
मुम्बईका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, केरन पोलार्ड र राहुल चहरले एक एक विकेट लिए ।




















प्रतिक्रिया