Logo

समाचार

अमेरिकी राष्ट्रपति निर्वाचन, कस्ले मार्ला बाजी ?



अमेरिकी राष्ट्रपतिय निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोडघटाउ सुरु भएको छ । आजको ठीक एक हप्तापछि आगामी मंगलवार नोभेम्वर ३ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । अग्रिम मतदान भने करिब दुइ हप्ता अघि नै सुरु भइसकेको छ ।

अमेरिकी निर्वाचनमा तीन किसिमले मतदान गर्न पाइन्छ । मतदानको दिन सीधै मतदानस्थलमा लाइनमा उभिएर गरिने मतदान, निर्वाचन आयोगले हुलाकमार्फत घर ठेगानमा पठाएको मतपत्रमा मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनहलमा पुगी बुझाइने मतदान र टाउनले पठाएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनले विभिन्न स्थानमा राखेको मतपेटिकामा खसालेर गरिने मतदान । कोरोना भाइरसका कारण यसपटक पछिल्ला दुईवटा मतदान प्रक्रियामा अधिक मानिसको सहभागिता रहने जनाइएको छ ।

अहिलेसम्म करिब सात करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान प्रक्रियामा सहभागिता जनाइसकेका छन् । निर्वाचन आयोगले नोभेम्वर ३ को निर्धारित समयसम्ममा टाउन हलमा गएर वा हुलाकमार्फत गरिएको अग्रिम मतदानमा करिब १० करोड मतदाता सहभागी हुने अनुमान गरेको छ । अमेरिकी इतिहासमा नै मतदानको दिन अघि नै यति धेरै मतदान गरिएको पहिलो पटक हो ।

प्रत्येक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा देखिनुभएको छ । निर्वाचनपछि ट्रम्प र वाइडेनमध्ये एकजना ह्वाइट हाउसका हकदार हुनुहुनेछ । अहिले यी दुवै उम्मेदवार अन्तिम प्रतिस्पर्धाका लागि तटस्थ राज्य, युद्ध मैदान वा निर्णायक राज्यका रुपमा चिनिएका अरिजोना, फ्लोरिडा, मिचिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा विशेषतः केन्द्रित रहेको छ ।

चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए । यसपटक सो संख्या बढेर करिब १५ करोड मतदानमा सहभागी हुने अनुमान गरिएको छ । विगत ५० वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ६१ प्रतिशतभन्दा बढी मतदान भएको छैन । सदरदरमा ५० प्रतिशतकै हाराहारीमा मतदान हुने गरेको छ । तर यसपटक प्रतिशत बढेर ६६ प्रतिशतसम्म पुग्ने पर्यवेक्षकहरुको अनुमान छ ।

कसले जित्ला ?

यो निर्वाचनमा ट्रम्प वा वाइडेन कसले जित हात पार्ला रु अहिले विश्वभर यही जिज्ञासा छ । नेपालीहरु पनि अहिले यही प्रश्न गरिरहेका छन् । ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । विभिन्न मत सर्वेक्षणले वाइडेनलाई अग्रता दिए तापनि यी सर्वेक्षणको आधिकारिकता र विश्वसनीयतामाथि शंका उपशंका गर्नुपर्ने स्थिति सन् २०१६ को निर्वाचन सर्वेक्षण हावादारी भएको तथ्यले पनि पुुष्टि गरिसकेको छ । 

अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्यक्ष निर्वाचन होइन, परोक्ष हो । मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई गरेको मतदानले राष्ट्रपति चुनिदैनन् । इलेक्टोरल कलेजले निर्धारण गर्छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ९ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।