काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताएका हुन् ।
संविधान, कानूनअनुसार काम गरेमा आफैँ सुशासन कायम हुने श्रेष्ठकाे भनाइ थियो । मुलुकको विकासका लागि सत्तापक्ष वा प्रतिपक्ष सबै मिल्नुपर्ने उल्लेख गर्दै उहाँले देशको विकास गर्नका लागि एकताबद्ध भएर लाग्न आग्रह गरे । “मुलुकमा सुशासन कायम गर्नका लागि कानून र प्रमाणका आधारमा दोषी देखिएमा कसैलाई छाडिँदैन”, उनले भने, “जुनसुकै पार्टीमा आबद्ध व्यक्ति भए पनि छाडिँदैन ।”
विकासको मोडल जनमुखी हुनपर्नेमा जोड दिँदै उनले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योगधन्दा खोल्ने खालको वातारण हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज खिमलाल देवकोटाले ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त सेवा सुविधामा जनताको समान पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गनुपर्नेलगायत रहेको छ ।















प्रतिक्रिया