Logo

नेटटिभीले आठ वटा विदेशी च्यानलको प्रसारण गर्न थाल्यो



काठमाडौं । नेटटिभीले आठ वटा विदेशी च्यानलको प्रसारण पुनः सुचारु गरेको छ । गत शनिबारदेखि लागु क्लिन फिड नीतिले अवरुद्ध केही विदेशी च्यानलको प्रसारण पुनः सुचारु भएको हो ।

वर्ल्डलिङ्कका अनुसार नेटटिभीमा स्टार स्पोर्ट्स वान एसडी, कलर्स एसडी, कलर रिस्ते एसडी, निक एसडी, जूम एसडी, एमटिभी एसडी, टाइम्स नाउ एसडी र हिस्ट्री टिभीको प्रसारण पुनः सुचारु भएको छ ।

क्लिन फिडमा उपलब्ध च्यानलहरु पुनः सुचारु भएको र बाँकी च्यानल पनि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ । यद्यपी नेटटिभीका च्यानलहरु एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार थपघट तथा परिवर्तन हुनसक्नेछन् । यसबाट ग्राहकमा पर्नजाने असुविधाप्रति आफूहरु क्षमाप्रार्थी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ३ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।