नेपालका लागि आधिकारीक वितरणक आइहबले नेपाली बजारमा वनप्लसको मिडरेन्ज स्मार्टफोन वनप्लस नोर्ड उपलब्ध गराएको छ । ।
सोही बजेट सेगमेन्टको फोनमा फ्ल्यागसिपका जस्तै फिचर्सहरु भएको कम्पनीले बताएको छ।
वनप्लसले दक्षिण एसियाली बजारलाई आधार बनाएर ल्याएको यो स्मार्टफोन हार्डवेयर तथा फिचर्समा राम्रो मानिएको छ । यो चिनियाँ ब्रान्ड सुरुमा फ्ल्यागसिपमात्र आइरेहको थियो।
एन्ड्रोइड टेनमा आधारित अक्सिजन अपरेटिङ सिस्टम भएको यो फोनमा चिप भने क्वालकमको स्न्यापड्र्यागन ७६५ प्रयोग गरिएको छ।
वनप्लस नोर्डमा ४८ मेगापिक्सेलको सोनीको सेन्सर भएको सोनी क्यामेरा छ। यसमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, ५ मेगापिक्सेलको डेप्थ लेन्स र २ मेगापिक्सेलको माइक्रो लेन्स रहेको छ। यसले गर्दा यसबाट माइक्रो फोटोग्राफी सहज हुने बताइएको छ।
यसबाट फोरके भिडिओ खिच्न सकिने छ।
यो मोबाइलमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। यसमा सेल्फीकै लागि अल्ट्रावाइड लेन्स पनि रहेको छ।
८ जीबी र्याम र १२८ जीबी मेमोरी हुने यसमा ४१०० एमएच क्षमताको ब्याट्री छ।
वनप्लसका पछिल्ला फ्ल्यागसिपको तुलनामा यसलाई बजेटफोनका रुपमा राखिएपनि नेपाली बजारमा भने यसको मूल्य ५३ हजार ९९९ रुपैयाँ रहेको छ।
ग्राहकले यो स्मार्टफोन खरिद गर्नका लागि भने अझै केही समय कुर्नुपर्ने छ। अहिले यस्को पर्याप्त उपलब्धता छैन।
प्रतिक्रिया