सेयर बजारमा सामान्य दोहोरो अंकको सुधार हुँदा नेप्से मापन गर्ने सूचक १३ दशमलव ५ अंकले बढेर परिसूचक १५०८ दशमलव २० बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने गिरावट आएको छ । १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा बैंकिङ १ दशमलव ८९, विकाश बैंकको समूहको उपसूचकमा ५ दशमलव४८ अंकको गिरावट आउँदा निर्जीबन बीमा समूहको उपसूचक २ सय ६१ बिमाको १ सय ६६ दशमलव ७७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ३१ लाख २२ हजार २ सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा राष्ट्रिय बिमा कम्पनी लिमिडेड, रिलायन्स लाईफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी प्रमोटर सेयर लगायतका लगानीकर्ताले कमाएका छन् ।
गुमाउनेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, कालिका पावर कम्पनिका लगानीकर्ता रहेका छन् ।
प्रतिक्रिया