Logo

सेयर बजारमा दोहोरो अंकको सुधार 



सेयर बजारमा सामान्य दोहोरो अंकको सुधार हुँदा नेप्से मापन गर्ने सूचक १३ दशमलव ५ अंकले बढेर परिसूचक १५०८ दशमलव २० बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने गिरावट आएको छ । १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२  कित्ता सेयर २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा बैंकिङ १ दशमलव ८९, विकाश बैंकको समूहको उपसूचकमा ५ दशमलव४८ अंकको गिरावट आउँदा निर्जीबन बीमा समूहको उपसूचक २ सय ६१ बिमाको १ सय ६६ दशमलव ७७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ३१ लाख २२ हजार २ सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा  राष्ट्रिय बिमा कम्पनी लिमिडेड, रिलायन्स लाईफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी प्रमोटर सेयर लगायतका  लगानीकर्ताले कमाएका छन् । 

गुमाउनेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, कालिका पावर कम्पनिका लगानीकर्ता रहेका छन् । 

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ३ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।