Logo

चर्चित  हलिउड अभिनेता सिन कोनरीको निधन



चर्चित  हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको जनाइएकाे छ ।  उनी केही समयदेखि बिरामी  रहेकाे उनका छोरा जेसन कोनरीले बताएका छन् ।

सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता काेरनीले  सातवटा फिल्ममा जेम्स बण्डको भूमिका निर्वाह गरेका छन् । उनले पहिलोपटक जेम्स बण्डको भूमिका निर्वाह गरेको फिल्म ‘डक्टर नो’ हाे, जुन सन् १९६२ मा रिलिज भयाे ।

सन् १९३० को अगष्ट २५ मा एक सामान्य मजदूर परिवारमा जन्मिएका काेनरी विद्राेही स्वभावका थिए ।  उनी स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्छ भन्ने पक्षका थिए । स्कटल्याण्डकी फस्ट मिनिस्टर निकोला स्टर्जनले उनको निधनमा शोक व्यक्त गर्दै ‘आफ्नो देशको सबैभन्दा प्यारो छोरा’ भनेकी छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार  ८ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।