Logo

अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा रिलिज गरिने



अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ ।

शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको विरोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो ।

यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न लागिएको हो ।

यो फिल्म भारतका सिनेमा घरमा रिलिज नभए पनि विदेशका केही सिनेमा घरमा भने प्रदर्शन हुने जनाइएको छ ।

राघव लरेन्सद्वारा निर्देशित फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर दर्शकले रुचाएका छन् । रिलिजअघि फिल्म चर्चामा छ ।

 

प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार  ११ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।