Logo

प्रमुख समाचार

क्रिसमसमा राक्सिराङ्ग गाउँपालिकाले आजदेखि दियो तीन दिन सार्वजनिक बिदा



काठमाडौं– इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले शनिवार एक विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ६ : ३३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।