Logo

अन्तर्राष्ट्रिय

हमास–इजरायल युद्धमा मारिए ९९ पत्रकार



गाजा– इजरायल र हमास युद्धमा मारिने पत्रकारको संख्या ९९ पुगेको छ। उक्त युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन।

गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन्।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ७ : २८ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।