Logo

अन्तर्राष्ट्रिय

टर्कीको सेनाद्वारा इराक र सिरियामा हवाई आक्रमण तिव्र



काठमाडौं- टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेका छ।

आफ्ना १२ सैनिकको मृत्युपछि बदला लिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो।

रोयटर्सका अनुसार टर्कीको रक्षा मन्त्रालयले शनिबार वायुसेनाले उत्तरी इराक र सिरियामा कुर्दिस्तान वर्कर्स पार्टीको स्थानमा हवाई हमला गरेको जनाएको छ।

रक्षा मन्त्रालयका अनुसार प्रतिबन्धित संगठन कुर्दिस्तान वर्कर्स पार्टीको उत्तरी इराकमा गत दुई दिनमा १२ टर्की सैनिक मारिएपछि टर्कीले जवाफमा २९ वटा सेल्टर ध्वस्त पारेको जनाइएको छ।

टर्किस वायुसेनाले राति १० बजे उत्तरी इराक र सिरियामा आक्रमण गरेको थियो।यसअघि शनिबार रक्षा मन्त्रालयले उत्तरी इराकमा पीकेके आतङ्ककारीहरूसँगको भिडन्तमा आफ्ना १२ सैनिक मारिएको बताएको थियो।

मन्त्रालयले शुक्रबार सात आतंककारी मारिएको पनि जनाएको छ। पीकेके एक आतंकवादी संगठन हो जसलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी समूह घोषणा गरेको छ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ८ : ४७ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।