Logo

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २२ जना पक्राउ



दार्चुला, नौगाड गाउँपालिका-३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ आँपधाप बस्ने नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ०९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।