काठमाडौं- आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। आजको तापक्रम आइतबारको तुलनामा १.१ डिग्री सेल्सियस बढी हो। हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस थियो।
राति आकाशमा बादल लागेकाले बिहान न्यूनतम तापक्रम बढेको हो। राति आकाश खुला हुँदा न्यूनतम तापक्रम घट्ने र बादल लाग्दा बढ्ने महाशाखाले जनाएको छ।
यतिबेला काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
प्रतिक्रिया