Logo

आरएमडिसी लघुवित्तले लाभांश वितरण गर्दै, राष्ट्र बैंकले दियो स्वीकृत 



आरएमडिसी लघुवित्त (आरएमडिसि) ले गत  वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७६।०७७ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

कम्पनी सचिव अनिलकृष्ण जोशीका अनुसार नेपाल राष्ट्र बैंकको कार्तिक १३ गते बिहीबारको पत्रमार्फत लघुवित्तको लाभांश प्रस्ताव स्वीकृत गरी वित्तीय विवरण प्रकाशन गर्न अनुमति प्रदान गरिएको जानकारी दिए ।

लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यससँगै अब लघुवित्तले साधारण सभा आह्वान गरी कुल १७ करोड ९८ लाख ६४ हजार बराबरको लाभांभ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् ।

हाल ८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।