साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक आज ३ दशमलव ३३ अंकले घटेर १६३७ दशमलव ६३ बिन्दूमा रोकिएको छ ।
आज कारोबारमा आएका १९७ कम्पनीको ६९ लाख ३७ हजार ४ सय ५४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ३९ आख ५४ हजार ६ सय ८८ रुपैँया बराबर कारोबार भएको छ ।
समग्र नेप्से परिसूचक घटेपनि विशाल बजार कम्पनी लिमिटेड, सारथि नेपाल लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त वित्तिय संस्था र शिभ श्री हाइड्रोपावरका लागनीकर्ताले भने ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।
प्रतिक्रिया