Logo

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित



पुराना  र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा  पुनः प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास,  कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताए।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ११:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।