सरकारी कोषबाट पेन्सन बुझ्ने सेवा निवृत्त कर्मचारीले पेन्सन खाता सक्रिय बनाउन आगामी मंसिरसम्म बैंक जानुनपर्ने भएको छ । कोभिडको जोखिम बढीरहेको समयमा निवृत्तभरकहरु बैंकसम्म जाननपर्ने बनाइएको हो ।
निवृत्तीभरण रकम बुझिरहेका निवृत्तभरकले हरेक ६—६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो पेन्सन खाता सक्रिय बनाउनु पर्ने हुन्छ ।
तर, कोरोना भाइरसको महामारीका बीच बैंकमा उपस्थित हुँदा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बैंक जान नपर्ने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अब पेन्सन बुझ्नेहरुले मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयबाट पेन्सन खाता सक्रिय बनाउन सक्न भएका छन् । त्यसपछि उनीहरुको खातामा नियमित रकम भुक्तानी हुने भएको छ ।
प्रतिक्रिया