Logo

प्रमुख समाचार

ईशनाथ नगरपालिकाका थप वडाहरुमा पनि कर्फ्यू



रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ।

सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा कर्फ्यू लगाएको थियो।

ती दुई वडाबाहेक अन्य वडामा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नम्बर २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अप्रिय घटना तथा जनधनको क्षति हुन नदिन कर्फ्यूको दायरालाई बढाइएको बताए। अर्को आदेश नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा कर्फ्यू जारी रहने उनले बताए।

हिजो दुई समुदायबीच झडप हुँदा ६ जना भन्दा बढी स्थानीय घाइते भएका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।