Logo

प्रमुख समाचार

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते



दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०८:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।