Logo

प्रमुख समाचार

देशका उच्च भेगमा हिमपातको सम्भावना



काठमाडौं- देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०६:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।