काठमाडौं- गाडीले मोटरसाइकललाई ठक्करदिदा सर्लाहीमा दुई युवाको मृत्यु भएको छ।
हुलाकी सडक अन्तर्गत कौडेनामा गएराति भएको दुर्घटनामा रौतहटका १९ वर्षिय अजय महतो र २३ वर्षिय शियानन्द महतोको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विपरीत दिशामा रहेको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने स्कारपियो नियन्त्रणमा लिएको छ। चालक भने फरार छन्।
प्रतिक्रिया