Logo

प्रमुख समाचार

काठमाडौंका केही स्थानमा आज विद्युत अवरुद्ध हुने



काठमाडौं- काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ। गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध हुने छैन।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ। बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०६:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।