Logo

प्रमुख समाचार

कांग्रेसले आकस्मिक बोलायो पदाधिकारी बैठक



काठमाडौं- नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन्। बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ।

सहमहामन्त्री जीवन परियारका अनुसार छलफल गठबन्धन र सरकारका विषयमा छलफल हुने छ।

कांग्रेस नेता बालुवाटारबाट निस्केपछि देउवाले सो बैठक आह्वान गरेको सहमहामन्त्रि परियाले बताए। यस्तै बैठकमा सरकार हेरफेरका विषयमा पनि छलफल गरिने कांग्रेस नेताहरुले बताएका छन्।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ९ : २५ बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।